Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपनिर्वाचन : उम्मेदवारको नामावली आज प्रकाशन गरिँदै

काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारको नामावली प्रकाशन गर्दैछ ।

निर्वाचन कार्यतालिकाअनुसार शनिबार दर्ता भएका उम्मेदवारीमा दाबी विरोधको उजुरीका लागि आइतबार समय तोकिएको थियो ।

त्यस अवधिमा परेका उजुरीको जाँचबुझ गरी आज बेलुका ५ देखि ६ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।

उम्मेदवारहरूलाई आफ्नो उम्मेदवारी फिर्ता लिन भोलि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकेको छ।

त्यसपछि आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी भोलि नै चुनाव चिह्न प्रदान गर्नेछ।

वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानको समय तोकिएको छ । इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) मा उपनिर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077