Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक तत्काल संसद‍्मा पेस हुन्छ : गृहमन्त्री लामिछाने

    निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक तत्काल संसद‍्मा पेस हुन्छ : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • आइतबार, २५ चैत्र २०८०
  • 531
    SHARES

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेले निर्वाचनसम्बन्धी विधेयक तत्काल संसद‍्मा पेस गर्ने बताएका छन्।

    निर्वाचन आयोगका पदाधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।



    उनले राजनीतिक दलसम्बन्धी विधेयक र निर्वाचन आयोगसम्बन्धी विधेयक तत्काल संसद‍्मा पेस गर्ने बताए।



    गृहमन्त्री लामिछानेले निर्वाचन आयोगले समग्र निर्वाचनमा प्रणालीमा देखिएको विकृति, विसंगतिको समस्या हल हुने र राजनीतिक दलहरू र सिंगै मुलुकको लोकतन्त्र बलियो हुने विश्वास समेत व्यक्त गरे ।

    आफूले आयोगका पदाधिकारीलाई निर्वाचनसँग सम्बन्धित विधेयकहरू संसद‍्मा पेस गरेर चाँडो भन्दा चाँडो ती विधेयकलाई पारित गर्ने हुटहुटी आफूमा रहेको कुरा पनि आयोग समक्ष राखेको उनले बताए ।

    उनले ती विधेयकहरूमा अन्तिम छलफल गरेपछि तुरुन्तै संसद‍्मा लैजाने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार