Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इलाम–२ मा आठ स्वतन्त्रसहित २० जनाको उम्मेदवारी दर्ता

काठमाडौं । आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि इलाम–२ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

संविधानसभा अध्यक्ष तथा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको इलाम–२ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शनिबार दलका १२ जना र स्वतन्त्र ८ जनाले उम्मेदवारी दिएका हुन् ।

जसमा नेकपा एमालेका सुहाङ नेम्वाङ, नेपाली कांग्रेसका डम्बर बहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बु, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, राप्रपाका लक्ष्मी गुरुङ, नेपाली जनता दलका रेशम बहादुर सुनार, मंगोल नेशनल अर्गनाइजेसनका मणि बहादुर लिम्बु, जनमत पार्टीबाट प्रेम कुमार थाम्सुहाङ, नेशनल रिपब्लिक नेपालबाट धनराज राना मगर, राप्रपा नेपालका गणेश बहादुर चौहान राष्ट्रिय जनमुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह र एकीकृत समाजवादीबाट जित बहादुर राई रहेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवारहरुमा अर्जुन बहादुर शाही, केशव कुमार चापागाई, डकेन्द्र सिंह लिम्बु, डाक प्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बश्याल रहेका छन् ।

सत्ता गठबन्धनमा आबद्ध दल रास्वपा र एस भने एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिने भएका छन् ।

२०७९ को निर्वाचनमा कांग्रेस, माओवादी र एसको गठबन्धनका उम्मेदवार कांग्रेसका खड्कालाई नेम्वाङले १ सय १४ मतको झिनो अन्तरले हराएका थिए ।

नेम्वाङले ३० हजार २० र खड्काले २९ हजार ९ सय ६ मत पाएका थिए । रास्वपाबाट प्रकाश सापकोटाले १ हजार ३ सय ८० मत पाएका थिए । समानुपातिकतर्फ रास्वपाले ४ हजार ६ सय ८६ मत ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077