Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति उच्च

किभ । युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति अप्रिल १ सम्म लगभग ४३.८ अर्ब अमेरिकी डलरको रेकर्डसहित उचाइमा पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

मार्चमा युक्रेनको विदेशी निक्षेप अन्तर्राष्ट्रिय सहायताका कारण १८ प्रतिशतले बढेको छ ।

युक्रेनले विदेशी साझेदारबाट लगभग ९.३ अर्ब डलर प्राप्त गरेको थियो । युरोपेली संघबाट ४.९ अर्ब डलर र विश्व बैंकबाट १.६ अर्ब डलर प्राप्त गरेको हो ।

मार्चमा युक्रेनले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का निम्ति आफ्नो दायित्व पूरा गर्न करिब ७२ करोड ८० लाख डलर र सार्वजनिक ऋणको सेवा र भुक्तानीका लागि करिब ३६ करोड ३० लाख डलर खर्च गरेको थियो ।

हाल युक्रेनको अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति करिब ६ महिनाका निम्ति पर्याप्त छ । युक्रेनको विदेशी मुद्रा भण्डार सन् २०२३ मा ४०.५ अर्ब डलर छ । सन् २०२२ को तुलनामा यो ४२ प्रतिशतले बढी हो । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077