Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुहाङलाई साझा उम्मेदवार बनाउने ओली, प्रचण्ड र विप्लवबीच ‘उच्चस्तरीय समझदारी’

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई साझा उम्मेदवारका रूपमा अघि बढाइएको छ ।

सुहाङलाई नेकपा एमालेसँगै नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पनि सघाउने भएका हुन् ।

सो क्षेत्रमा चुनावी तालमेल गर्नेबारे एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र विप्लवबीच उच्चस्तरीय समझदारी भएको ती पार्टीका जिल्ला नेताहरूले शनिबार जारी गरेको अपिलमा उल्लेख छ ।

सुहाङलाई विजयी गराउन तीनै पार्टीका जिल्ला नेताहरूले आममतदाता, शुभेच्छुक, समर्थकमा संयुक्त अपिल समेत गरेका छन् । सो क्षेत्रमा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077