Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बझाङमा सत्तारुढ दलकै चारसहित १२ जनाको उम्मेदवारी

काठमाडौं । बझाङमा हुन लागेको उपनिर्वाचनका निम्ति १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय बझाङका अनसार बझाङ क्षेत्र नम्बर–१ ‘क’का निम्ति १२ जनाको उम्मेदवारी दर्ता गरिएको हो ।

शनिबार बिहान १० देखि बेलुका ५ बजेसम्मको निर्धारित समयमा १२ जनाले उम्मेदवारी दर्ता गराएका जिल्ला निर्वाचन अधिकृत मानबहादुर धामीले जानकारी दिए ।

उम्मेदवार दर्ता गराउनेहरूमा राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा‚नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्तीमगर छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंह‚ जनता समाजवादी पार्टी (जसपा)का रामबहादुर जाग्री, नेपाली कांग्रेसका अभिषेक सिंहले उमेदवारी दर्ता गराएका छन् ।

धामीका अनुसार, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट किशोरकुमार खड्का‚ नेकपा एमालेका दमनबहादुर भण्डारीको उमेदवारी परेको छ ।

नेकपा माओवादी केन्द्रका जनक बुढा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट दीपकबहादुर खड्काले उमेदवारी दर्ता गराएका छन् ।

उनका अनुसार, जनमत पार्टीका सुशीला देवी विष्ट र नेपाली जनता दलका तर्फबाट अशोक सुनारले उमेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077