Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपनिर्वाचनका लागि इलाम-२ मा उम्मेदवारी दर्ता सुरू

इलाम । उपनिर्वाचनमा जनमत पार्टीले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पहिलो क्रममा मनोनयन दर्ता गरेको छ ।

जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङले सुरुमै मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन अघि चर्चामा नै नआएको नेपाल मजदुर किसान पार्टीले दोस्रो क्रममा मनोनयन दर्ता गरेको छ ।

नेमकिपाबाट मोरङका श्यामबहादुर दर्जीले उम्मेदवार दर्ता गराएका हुन् ।

जनमत पार्टी र नेमकिपाले इलाम–२ मा अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका थिएनन् ।

तेस्रोमा डाकप्रसाद गौतमले मनोनयन दर्ता गराएका छन् । गौतमले यसपटक भने स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077