Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • अब देशको नेतृत्व गर्न पाइँदैन भन्ने डरले कांग्रेसका नेताहरू छटपटिएका छन् : श्रममन्त्री अर्याल

    अब देशको नेतृत्व गर्न पाइँदैन भन्ने डरले कांग्रेसका नेताहरू छटपटिएका छन् : श्रममन्त्री अर्याल

    अनलाइन नेपाल
  • शनिबार, २४ चैत्र २०८०
  • 507
    SHARES

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले रास्वपा आएपछि कांग्रेसका युवा नेताहरूलाई छटपटी भएको बताएका छन्।

    शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रममन्त्री अर्यालले यस्तो आरोप लगाएका हुन् ।



    मन्त्री अर्यालले देशको नेतृत्व गर्न कांग्रेसमा पालो कुरेर बसेका युवा नेताहरू रास्वपा आएपछि आफ्नो पालो नआउने डरले छटपटाएको बताए ।



    श्रममन्त्री अर्यालले भने,‘उहाँहरुलाई कांग्रेसमा एउटा पुस्ता सकिएपछि हाम्रो पालो आउँछ भन्ने थियो। तर रास्वपा आयो, अब त त्यो पुस्ता सकिएपछि पनि हाम्रो पालो नआउने भयो भनेर उहाँहरुमा छटपटी भएको छ।’

    त्यही पीरले अहिले कांग्रेसका युवा नेताहरू रास्वपाको विरोध गरिरहेको उनले बताए। उनले जनताले भोट हाल्न राम्रो काम गर्नुपर्ने बताए।

    लोकतन्त्रमा बोल्न पाउने अधिकार भएपनि कांग्रेसले रास्वपालाई बोल्नै नदिएको श्रममन्त्री अर्यालले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार