Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इलाममा एमालेका उम्मेदवारलाई साथ दिने माओवादीको औपचारिक निर्णय

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले इलाम–२ मा एमालेका उम्मेदवारलाई साथ दिने औपचारिक निर्णय गरेको छ ।

दुवै पार्टीका जिल्ला संयोजकले एक विज्ञप्ति जारी गर्दै पार्टीको केन्द्रले गरेको निर्णयलाई औपचारिकता दिएका हुन् ।

विज्ञप्तिमा माओवादी केन्द्रका जिल्ला संयोजक विजय खम्बु र नेकपा एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले हस्ताक्षर गरेका छन् ।

आगामी २०८१ वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नं.२ प्रतिनिधि सभा उपनिर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच नेकपा एमाले केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच चुनावी तालमेल गर्ने उच्चस्तरीय समझदारी भएकोले इलाम – २ मा नेकपा एमालेको उम्मेदवार सुहाङ्ग नेम्बाङ्गलाई साझा उम्मेदवारको रूपमा अत्यधिक बहुमतका साथ विजयी गराउनका लागि इलाम २ का आम मतदाता, शुभेच्छुक, समर्थक आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछौँ,' जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077