Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी अस्पतालले ८ महिनामा दियो एक लाख ८० हजारलाई सेवा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा नेपाल प्रहरी अस्पतालले एक लाख ८० हजार ६ सय ५८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।

प्रहरी अस्पतालको सेवा प्राप्त गर्नेमा बहालवाला प्रहरी ६१ हजार ६ सय चार, प्रहरी परिवारका सदस्य ६२ हजार आठ सय ९३, अवकाश प्राप्त प्रहरी कर्मचारी २४ हजार दुई सय २५, अवकाश प्राप्त प्रहरी कर्मचारीका परिवार २१ हजार पाँच सय ९८ तथा सर्वसाधारण १० हजार तीन सय ३८ जना रहेका सो अस्पतालका स्वास्थ्य निर्देशक एवं प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहले जानकारी दिइन् ।

विसं २०४० चैत २७ गते सेवा आरम्भ गरेको प्रहरी अस्पतालले समयानुकूल सेवा विस्तार गर्दै आएको उनले बताइन् ।

‘अस्पतालको विकास, विस्तार र गुणस्तर वृद्धिका लागि आधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्तिबाट सेवा प्रदान गर्दै आएको तथा अस्पताल चार दशकदेखि स्वास्थ्य सेवामा निरन्तर प्रतिवद्ध रहँदै आएको छ,’ निर्देशक डा सिंहले भनिन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077