Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका दुईजना डीएसपीको सरुवा

काठमाडौँ । नेपाल प्रहरीका दुई जना प्रहरी नायव उपरीक्षकहरूको सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले डिएसपी द्वय नारायण रंजितकार र दिनेश घिमिरेको सरुवा गरेका हुन् ।

लागू औषध नियन्त्रण ब्युरो कार्य शाखा कोटेश्वरमा कार्यरत रंजितकारलाई नेपाल प्रहरी विद्यालय साँगा, काभ्रेपलाञ्चोक र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी इन्टेलिजेन्स शाखाका घिमिरेलाई नेपाल प्रहरी सिंहदरवार सुरक्षा गण, काठमाडौँमा सरुवा गरिएको हो ।

केही दिन अघि भएको बढुवासँगै रिक्त हुन आएको पदमा सरुवा गरिएको हो । यस्तै प्रहरी प्रधान कार्यालयले ७ वटा जिल्लाका एसपीहरुको पनि काज सरुवा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077