Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निकिता पौडेलद्धारा मिडिया र पत्रकारसहित २९ विरुद्ध मुद्दा दायर, भनिन् – न्याय मागेरै छोड्छु

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल लामिछानेले २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेकी छिन् ।

उनले सहकारीमा नाम जोडेर समाचार लेखेको भन्दै मिडिया, सञ्चालक र सम्पादकविरुद्ध लिखित गाली बेइज्जती मुद्दा दायर गरेकी हुन् ।

पत्रकार तथा सञ्चालकहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा उनले आफ्ना लागि पाँच करोड क्षतिपूर्ति दाबी गरेको बताइएको छ । उनले आफू न्याय मागेर छाड्ने पनि बताएकी छन् ।

'म भन्न चाहन्छु, सर्वस्व सकिए पनि म न्याय मागेरै छोड्छु । मलाई मेरो देशको न्यायालय र न्यायमुर्तीप्रति भगवान् जत्तिकै विश्वास छ,' उनले शुक्रबार साँझ फेसबुकबाट भनेकी छन् ।

यस्तै उनले भनेकी छिन्, 'अब कुरा आयो न्यायको। मैले यत्रो संघर्ष गरि आर्जन गरेको प्रतिष्ठामा सजिलै फोटो टासेर ठग करार गर्न खोजेको म कसरी स्वीकार गरौ रु म मान्छे हुँ, महिला हुँ, म छोरी हुँ,आमा हुँ, दिदी हुँ,बहिनी हुँ, श्रीमती हुँ। त्यो भन्दा माथी म आफ्नै खुट्टामा उभिन सक्ने सक्षम सबल स्वाभिमानी नारी हुँ। मलाई देवी हुनु छैन,मान्छे सम्म हुन पाए पुग्छ, असल नारी हुन पाए पुग्छ। र म कसैको दया मायामा नारी हुन चाहन्न। म लडेर आफ्नो नारी हुनुको अधिकार प्राप्त गर्न चाहन्छु।'

उनले आफू आजीवन दुःख गरेर कमाएको प्रतिष्ठामा आफ्नो प्रतिक्रियासमेत नलिएर ठाडै चरित्र हत्या गरिएको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077