काठमाडौं । एसएमएस फ्रेन्डसिप टी–२० कप क्रिकेटमा बरोडाले नेपाललाई १५७ रनको लक्ष्य दिएकोको छ।
भारतको गुजरातस्थित भापीमा टस जितेर ब्याटिङ गरेको बरोडाले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १६ रन बनाएको हो।
बरोडाका लागि शासवत रावतले ३१ रन र ध्रुव पटेलले २९ रन बनाए। नेपालका लागि गुल्शन झा र करण केसीले २/२ विकेट लिए।
नेपाल, गुजरात र बरोडा सम्मिलित फ्रेन्डसीप प्रतियोगितामा नेपाल यसअघि नै फाइनल प्रवेश गरिसकेको छ।
नेपालले बरोडासँगको पहिलो खेल र गुजरातसँगको दुवै खेल जितेको थियो।
Leave a Reply