Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

करोडपतिका छोरा किन पक्राउ परे लुटपाटमा ?

काठमाडौं । गत १३ चैतमा कपनको दुर्गा मन्दिर नजिक एक ट्याक्सी चालक लुटिए । लुटपाटमा संलग्न प्रशान्तजंग कार्की र राजु गुरुङलाई प्रहरीले पक्राउ गर्‍यो ।

उनीहरूले ट्याक्सी चालकको १८ हजार नगद र मोबाइल लुटेको बताइएको थियो । तर, अनुसन्धानको क्रममा लुटपाट शंकास्पद बनेको छ । पीडित भनिएका ट्याक्सी चालक नै हाल फरार भएको प्रहरी स्रोत बताउँछ ।

पक्राउ परेकामध्ये कार्की करोडपति परिवारका सन्तान हुन् । उनका बुबा इच्छाराम कार्की तारकेश्वरका चर्चित व्यक्ति हुन् ।

उनका छोरा लुटपाटमा किन संलग्न भए रहस्यमय बनेको छ । ट्याक्सी चालक नै फरार हुँदा घटना रहस्यमय बनेको प्रहरी अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077