Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • अब घरबाटै कन्सुलर सेवा सुरु हुन्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

    अब घरबाटै कन्सुलर सेवा सुरु हुन्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • बिहिबार, २२ चैत्र २०८०
  • 396
    SHARES

    काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको बताएका छन् ।

    कन्सुलर सेवा विभागले आजदेखि शुरू गरेको नयाँ ‘मोडयुल’को शुभारम्भ गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।



    परराष्ट्रमन्त्री श्रेष्ठले वर्तमान सरकारले प्रारम्भदेखि नै जनतालाई सार्वजनिक सेवा सहज र सरल रूपमा प्रदान गर्ने प्रतिबद्धताअनुसार काम गर्दै आएको उल्लेख गरे ।



    परराष्ट्रमन्त्री श्रेष्ठले भने,’सूचना प्रविधिको प्रयोग गरेर घरमै सरकारका सेवा छिटो, छरितो त्रुटिरहित रूपमा प्रदान गर्न हामीले यो सेवा प्रारम्भ गरेका हौँ।’

    यो सेवा प्रारम्भपछि विदेश बस्ने नेपाली नागरिकले घरमै बसेर आफ्नो समस्या र गुनासो व्यक्त गर्न पाउने र समाधानका सम्बन्धमा भएको सम्बोधनसमेत अनलाइनबाटै जानकारी लिन सक्ने परराष्ट्रमन्त्री श्रेष्ठले बताए ।

    उनका अनुसार विभागले यसअघि सरकारको प्रतिबद्धताअनुसार अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र लिन सकिने व्यवस्था गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार