Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

डिएसपी बढुवामा कारबाही भोगेका इन्सपेक्टरहरुको हालिमुहाली

काठमाडौं । एसपी बढुवापछि नेपाल प्रहरीको डिएसपी बढुवा पनि विवादमा परेको छ । एसपी बढुवामा वरियता मिचिएको थियो भने डिएसपी बढुवामा त विभागीय कारबाही भोगेकाहरुकै हालिमुहाली भएको छ ।

बिहीबार मध्यराती प्रहरी प्रधान कार्यालयले १९ इन्सपेक्टरलाई डिएसपी बढुवामा सिफारिस गरेको हो । गृहमन्त्री रवि लामिछाने र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरबीच बढुवा सूचीमा सहमति भएपछि बढुवा समितिको बैठक बसेर सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा परेकामध्ये भिषणबाबु राई, ऋषिराम घर्तीमगर, लक्ष्मण ओली, रणबहादुर चन्द लगायत कारबाही परेका अधिकृत हुन् । राई दरबारमार्ग हुँदा तथा घर्तीमगर नागढुंगामा कार्यरत रहँदा कारबाहीमा परेका थिए ।

त्यस्तै चन्द र ओलीलाई पनि नसियद दिएकोमा बढुवामा पर्न सफल भएका छन् । ९८ प्रतिस्पर्धीमध्येबाट १९ जनाको बढुवा भएको हो । जसमा शक्तिकेन्द्रकै हालीमुहाली देखिएको छ भने केहीले आर्थिक चलखेल गरेर बढुवा भएको चर्चा प्रहरीमा छ ।

८९ नम्बरमा रहेका राजन लामा एआइजी टेकप्रसाद राईको पिए भएकै आधारमा बढुवामा पर्न सफल भएका छन् । उनी स्नातक मात्र पास भएका अधिकृत हुन् । इन्सपेक्टर आधारभुत तालिम समेत दुई वर्षपछि गरेका थिए। त्यस्तै, ९५ नम्बरमा रहेका कमल खड्का त वैकल्पिकबाट पछि भर्ना भएका इन्सपेक्टर हुन् ।

प्रहरी र नेपाल सरकारलाई नै मुद्दा हालेर भर्ना भएका उनी अहिले अरुलाई पछि पार्दै अगाडि बढुवा भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत रहेकाले आयोगकै पावर लगाएर उनी बढुवा भएको चर्चा प्रहरीमा छ ।

गृहमन्त्री पत्नी निकिता पौडेल तथा पिए दीपक बोहराले कतिपयलाई बढुवा गरेका छन् । बोहराले सुदुरपश्चिमका शैलेश्वरी बोहरा लगायतलाई बढुवा पार्न सफल भएको स्रोत बताउँछ । एसपी बढुवामा भन्दा डिएसपी बढुवामा अझ धेरै जालझेल भएको प्रहरी अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077