Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनआरएनएको आग्रह - रुसमा पुनः श्रम स्वीकृति खोलौँ, श्रममन्त्री भन्छन् - राज्य सरोकारको विषय हो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले रुसमा पुनः श्रम स्वीकृति खुला गर्न माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालमार्फत् एनआरएनएले सरकारको ध्यानाकर्षण गराएको हो ।

रुस–युक्रेन द्वन्द्व, रुसमा नेपाली अवैधानिक रूपमा सेनामा भर्ति भएकोलगायत कारण देखाएर सरकारले बन्द गरेको श्रम स्वीकृति संघकै पहलमा खुला गरिएको थियो ।

तर सरकारले पुनः चैत २० गतेबाट बन्द गरेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री अर्याललाई भेटेर कुनै पनि कुरामा समस्या आउना साथ प्रतिबन्ध लगाउन नहुने भन्दै श्रम स्वीकृति खुला गर्नुपर्ने माग गरे ।

जवाफमा मन्त्री अर्यालले सरकारले यथोचित रूपमा समाधान गर्ने र त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले रुसको विषय कुनै मन्त्रालयगत नभइ समग्र राज्य सरोकारको विषय भएको धारण राखे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077