Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूरपश्चिमकी चेली शैलेश्वरी डिएसपीमा बढुवा सिफारिस

कैलाली । सुदूरपश्चिमकी चेली प्रहरी निरीक्षक (इन्स्पेक्टर) शैलेश्वरी बोहरा प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा भएकी छिन् ।

नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले प्रकाशित गरेको बढुवा सिफारिस सूचिमा बोहराको नाम आठौ नम्बरमा सिफारिस भएको हो ।

प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवा हुने १९ जनामा उनी एक्लो महिलासमेत रहेकी छिन् ।

उनको घर डोटीको शिखर नगरपालिका हो । हाल उनी इलाका प्रहरी कार्यालय मोतिपुर, बर्दियामा कार्यरत छिन् ।

यस्तै सिफारिस सूचीअनुसार पहिलो नम्बरमा निर्मल पनेरु छन् ।

दोस्रो नम्बरमा ऋषिराम घर्तिमगर, तेस्रो नम्बरमा दिपक मल्ल र चौथो नम्बरमा धनबहादुर बोहरा छन्। बढुवाका लागि ९८ जना इन्स्पेक्टरहरु प्रतिस्पर्धामा थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077