Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कारागारका थुनुवालाई छुटाउँछु भन्दै झण्डै १० लाख ठगी

काठमाडौँ । कारागारका थुनुवालाई छुटाउँछु भनेर ठगेको आरोपमा एकजना पक्राउ परेका छन् ।

धादिङको सिद्धलेक गाउँपालिका घर भएर कपन बस्ने शिशिर कुमार भट्ट काठमाडौँको माइतीघरबाट पक्राउ परेका हुन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बैंकिङ्ग कसुर र वैदेशिक रोजगार मुद्दामा उच्च अदालतको आदेशले डिल्लीबजारमा रहेका अभियुक्तलाई छुटाउँछु भनेर भट्टले ९ लाख ८० हजार ठगी गरेको आरोप छ ।

उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077