Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान

    गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 636
    SHARES

    कास्की । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बिहान पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा, १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेको हो ।

    प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्ति जारी गरी आगामी चैत २७ गते दिउँसो ३ बजेभित्र मुख्यमन्त्री दाबी गर्न समय दिइएको जनाएको छ ।



    संविधानको धारा, १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मिति २०८० चैत २७ गते मङ्गलबार दिउँसो ३ बजेभित्र गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताए ।



    यसैगरी, अर्को मन्त्रिपरिषद् गठन नभएसम्म संविधानको धारा, १६९ को उपधारा ९३० बमोजिम यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी प्रदेश प्रमुखले तोक्नुभएको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।

    गण्डकी प्रदेशसभामा कूल ६० सदस्य छन् । यहाँ सरकार गठनका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्दछ । यस प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सभामुखसहित आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार