Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • नेपालगञ्ज कारागारमा एक जना कैदीको मृत्यु

    नेपालगञ्ज कारागारमा एक जना कैदीको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २१ चैत्र २०८०
  • 480
    SHARES

    फाइल तस्विर

    बाँके । नेपालगञ्ज कारागारका एकजना वृद्ध कैदीको मृत्यु भएको छ।

    नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको हो ।



    आज बिहान करिब ४ बजेतिर मृतक जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।



    मृतक जोलाह तीन महिनाअघि जबरर्जस्ती करणी मुद्दामा जिल्ला अदालतद्वारा पूर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहदै आएका कारागार कार्यालयले जनाएको छ ।

    गत पुस १७ गते मृतक जोलाह पूर्पक्षका लागि कारागार चलान भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार