Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण नगरे विद्यार्थी भर्ना रोक्ने चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नामकरण गर्न निर्देशन दिएको छ ।

महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको हो ।

शिक्षा नियमावली, २०५९ (संशोधन सहित) को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको महानगरले स्मरण गराएको छ ।

महानगरपालिका अन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरूको नाम नियम विपरीत देखिएकोले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र महानगरमा सम्पर्क गर्न निर्देशन दिइएको छ ।

सात दिनभित्र मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाए विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउने महानगरले आज जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077