Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • विद्यालयमा गोली चल्दा तीन विद्यार्थी घाइते

    विद्यालयमा गोली चल्दा तीन विद्यार्थी घाइते

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 1.2K
    SHARES

    फाइल तस्विर

    फिन्ल्याण्ड । फिनल्याण्डको राजधानी हेलसिन्की बाहिर भान्ताको एक विद्यालयमा मङ्गलबार एक नाबालिगले गोली चलाउँदा अन्य तीन विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । गोली चलाउने नावालिगलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

    करिब ८०० जना विद्यार्थी र ९० जना कर्मचारी भएको यस विद्यालयमा कक्षा एक देखि नौ सम्म अध्ययन गर्ने ७–१५ वर्ष उमेर समूहका बालबालिकाहरू रहेको स्रोतले जनाएको छ ।



    प्रहरीका अनुसार गोलीकाण्डमा बालबालिकाहरू घाइते भएका छन् । प्रहरीलार्ई बिहान घटनाको जानकारी भएपछि घटनास्थलमा तैनाथ गरिएको थियो भने पछि संदिग्ध र घाइते दुवै नाबालिग भएको पुष्टि गरिएको थियो ।



    गोलीकाण्ड पछि भान्ताको सङ्कट समूहको सहर सक्रिय भएको स्थानीय मिडियाले जनाएका छन् । घटनास्थलका तस्बिरहरूले विद्यालयमा ठुलो सङ्ख्यामा प्रहरी रहेको देखाएको छ ।

    प्रहरीले जनतालाई सङ्कटग्रस्त क्षेत्रबाट टाढा रहि सम्भव भए सम्म घरभित्रै बस्न आग्रह गरेको छ । अपरिचितहरूका लागि ढोका नखोल्न समेत पनि प्रहरीले विज्ञप्तिमार्फत जनतालाई सुचना जारी गरेको छ ।

    यसैबीच चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार फिनल्यान्डको विद्यालयमा गोली चल्दा केही विद्यार्थी घाइते भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धत गर्दै सिन्ह्वाले जनाएको छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार