काठमाडौं । नेपाली कांग्रेसको संसदीय बोर्डले गृहमन्त्री रवि लामिछानेलाई संसदको रोष्टममा बोल्न नदिने भएको छ ।
आज बसेको बोर्डको बैठकले संसद बैठकमा गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको हो ।
कांग्रेसले सहकारी ठगीसम्बन्धी विवादलाई लिएर गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै आएको छ ।
यस विषयमा गृहमन्त्री लामिछानेले संसदमा जवाफ दिने कार्यसूची रहेको छ । तर, कांग्रेसले गृहमन्त्रीलाई बोल्नबाट रोक्ने छ ।
Leave a Reply