Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्सेमा १.८५ अंकको गिरावट, २ अर्ब २९ करोडको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार नेप्से घटेको छ ।

अघिल्लो दिनको तुलनामा १.८५ अंक घटेसँगै नेप्से परिसूचक २०१० मा कायम भएको हो ।

मंगलबार कारोबारमा आएकामध्ये १ सय ९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २७ वटाको घटेको छ ।

बाँकी ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ । कुल २ अर्ब २९ करोड रुपैयाँको कारोबार भयो ।

यसअघि हिजो २ अर्ब ७९ करोडको कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, सर्वोत्तम सिमेन्ट, तारागाउँ रिजेन्सी, सुर्याज्योति लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077