Online Nepal
  • मंगलबार, ८ असोज २०८१
  • पर्वतको जलजलामा श्रीमान-श्रीमती मृत फेला, घटना शंकास्पद

    पर्वतको जलजलामा श्रीमान-श्रीमती मृत फेला, घटना शंकास्पद

    अनलाइन नेपाल
  • मंगलबार, २० चैत्र २०८०
  • 555
    SHARES

    फाइल तस्विर

    पर्वत । पर्वतको जलजला गाउँपालिकामा गएराति श्रीमान र श्रीमतीको हत्या भएको छ।

    सूर्यबहादुर क्षेत्री र उनकी श्रीमती कमला जिसीको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।



    घटनास्थल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजारदेखि कालीगण्डकी पारी रहेको छ।



    मंगलबार बिहान पौने ११ बजेतिर प्रहरीलाई खबर भएको थियो।

    जलजला गाउँपालिका २ स्थित एक घरमा श्रीमान् र श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

    एक्लो ठाउँमा रहेको सो घरमा सूर्यबहादुर र उनकी श्रीमती मात्रै बस्थे।

    लुटपाट गरेर हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ। घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान थालेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार