Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा आज बैंगलुरु र लखनउ भिड्दै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जाइन्टबीच हुँदैछ ।

बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार राती ७:४५ बजेदेखि सुरु हुनेछ ।

जारी आईपीएलमा बैंगलुरुले ३ खेलमा एक जित र २ खेलमा हार बेहोरेको छ भने लखनउले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

बैंगलुरुले पञ्जाव किंग्सविरुद्ध जित हासिल गरेको थियो भने चेन्नई र कोलकोताविरुद्ध हार बेहोरेको थियो ।

त्यसैगरी लखनउले राजस्थान रोयल्सविरुद्ध हार बेहोरेको थियो भने पञ्जाव किंग्सविरुद्ध जित हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077