Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईपीएलमा मुम्बईको लगातार तेस्रो हार, राजस्थान ६ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गए राति भएको खेलमा मुम्बई इन्डियन्स राजस्थान रोयल्ससँग पराजित भएको छ । राजस्थानले मुम्बईविरुद्ध ६ विकेटको जित निकालेको हो ।

टस जितेर पहिले फिल्डिङ रोजेको राजस्थानका बलहरूहरू उत्कृष्ट प्रदर्शन गरेका थिए । राजस्थानको कसिलो बलिङका अगाडि मुम्बई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२५ रनमा समेटियो ।

१२६ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको राजस्थानले ४ विकेटको क्षतिमा १५.३ ओभरमा ४ विकेट गुमाउँदै १२७ रन बनाएर लक्ष्य पूरा गर्‍यो ।

आईपीएलको जारी सिजनमा मुम्बईको यो तेस्रो पराजय हो । खेलेका तीनमध्ये सबैमा हार व्यहोरेको मुम्बई अंकविहीन हुँदै तालिकाको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077