Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारत जान्छु भन्दै काठमाडौंबाट हिँडेका मिलनले गरे आमाको घाँटी थिची हत्या

मकवानपुर । मकवानपुरमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । जिल्लाको थाहा नगरपालिका वडा नम्बर–१० तल्लो बिसिङ्ग खेलमा आफ्नै आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका हुन् ।

घरायसी बिवादमा स्थानीय ५० वर्षिय ज्ञानीमाया गमाललाई हत्या गरेको आरोपमा २६ वर्षिय मिलन गमाललाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गत फागुन ३० गते बिसिङ्गखेलमा बस्ने ज्ञानीमाया गमालको घरको ढोका बन्द रहेको कारण स्थानीयले बोलाउँदा घरको ढोका नखुलेको भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय चित्लाङबाट खटीएको प्रहरी टोलीले स्थानियको रोहोवरमा ढोका खोली हेर्दा गमाल मृत फेला परेकी थिइन् ।

गत फागुन २९ गते काठमाडौंबाट भारतमा रोजगारीको लागि जान्छु भनि हिडि सो तर्फ नगई मदिरा सेवन गरी बेलुकी गाँउघरमा छरछिमेकीहरु सुती सके पश्चात घरमा आई आमाको घाँटी थिची मारी भोलिपल्ट बिहान आमाको मोबाईलसमेत लिई झ्यालबाट बाहिर निस्की चित्लाङको बाटो हुँदै काठमाडौं गई लुकि बसेकोमा आइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मृतक र घटनाको थप अनुशन्धान गर्दै जाँदा प्रविधिक खोज तथा स्थानिय समेतको अनुसन्धानबाट मृतकको छोरा मिलनले हत्या गरेको अनुसधानबाट खुलेको मकवानपुर प्रहरीले जनाएको छ ।

उनीमाथि ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको छ । मृतकको पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाएकोमा शब आफन्तले बुझेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077