Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपप्रधानमन्त्री लामिछाने र विश्व बैंकका देशीय निर्देशक जेर्भोसबीच भेटवार्ता

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसबीच भेटवार्ता भएको छ ।​​ उनीहरुबीच सोमवार सिंहदरबारमा भेटवार्ता भएको हो ।

भेटमा ​जेर्भोसले मन्त्री लामिछानेलाई सफल कार्यकालको शुभकामना दिएका थिए । विश्व बैङ्कले सामाजिक संरक्षण, डिजिटाइजेसन तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको उनको भनाइ थियो ।​​

जेर्भोसले नेपालमा सञ्चालनमा रहेका, निर्माणाधीन अवस्थामा रहेका र परियोजना सम्भाव्यता अध्ययन भइरहेका ठूला जलविद्युत् परियोजनाहरूबाट हुन सक्ने विपद् जोखिमलाई मध्यनजर गर्दै विस्तृत विपद् जोखिम न्यूनीकरण परियोजना र तीनै तहका सरकारका संस्थागत क्षमता विकासमा सहयोग गर्न इच्छुक रहेको बताए ।

भेटवार्तामा मन्त्री लामिछानेले विश्व बैङ्कले नेपाललाई भूकम्प पश्चात्‌को पुनर्निर्माण, सामाजिक संरक्षण, विपद् व्यवस्थापन लगायत विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगको लागि आभार प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077