काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्री श्रेष्ठ सात दिनको भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री श्रेष्ठले आफ्नो भ्रमण सफल भएको बताए ।
नेपालको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धि भएको भन्दै परराष्ट्रमन्त्री श्रेष्ठले त्यसका लागि चीनको सहयोग चाहिन्छ भनेर छलफल गरेको बताए ।
उनले त्यसको परिणाम सकारात्मक आउने विश्वास व्यक्त पनि गरे । आर्थिक विकासको विषयमा बुँदाबुँदामा छलफल भएको परराष्ट्रमन्त्री श्रेष्ठको भनाइ छ ।
उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत ११ गते चीन भ्रमणमा गएका थिए ।
Leave a Reply