Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

समाजवादीका उपाध्यक्ष पाण्डेले भने - हाताहाती सहमति नभए गठबन्धनसँग सहकार्य गर्न सकिँदैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले हाताहाती सहमति नभए गठबन्धनसँग सहकार्य गर्न नसकिने बताएका छन्।

उपाध्यक्ष पाण्डेले बागमती प्रदेशको नेतृत्व एकीकृत समाजवादीलाई दिएपछिमात्र अन्य विषयमा सहमति हुने बताएका हुन् ।

विगतका सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै इमान्दार नभएको भन्दै अब उधारो सहमति आफूलाई मान्य नहुने बताए।

उपाध्यक्ष पाण्डेले भने,‘पहिलो कुरा बागमतीमा विश्वासको मत लिने भएपछि हामीलाई नै दिनुपर्छ ।  सहमतिका साथ जाने हो भने बागमती प्रदेशमा मुख्यमन्त्री हामीलाई दिनुपर्छ । त्यसो भएमा कुरा मिल्न सक्छ । अन्यथा सबै कुरा उहाँलाई गर्दै जाने हामीलाई भोट हाल्दै जान त सकिँदैन । यी सबै झण्झट बोक्नुको सट्टा भोट नहालेर बसे भइगो नि।’

एक जनाको मत पनि महत्त्व कति हुँदो रहेछ भन्ने कुरा बागमती प्रदेश सभाको अङ्कगणितले नै पुष्टि हुने उनको तर्क गरे ।

त्यसैले कुनै पनि पार्टीलाई सानो छ भनेर मिनिमाइज गर्नु उचित नहुने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077