काठमाडौं । रुसी फौजमा ज्यान गुमाएका तथा बेपत्ता भएकाका परिवारले सिंहदरबार अगाडि प्रदर्शन गरेका छन्।
उनीहरुले सिंहदरबारको दक्षिण गेटअगाडि विरोध प्रदर्शन गरेका हुन् । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिइएकाहरूमा महिला र केही बालबालिका पनि छन् ।
बेपत्ता भएकालाई स्वदेश फर्काउन पहल गरिदिन साथै ज्यान गुमाएकाको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।
Leave a Reply