एजेनसी । टर्कीको स्थानीय चुनावमा विपक्षी दलले जित हासिल गरेको छ ।
यसलाई राष्ट्रपति रेसेप तैयप एर्दोगानका लागि ठूलो राजनीतिक धक्का मानिएको छ ।
तेस्रो पटक राष्ट्रपति चुनाव जितेको एक वर्षभन्दा कम समयमै उनको पार्टी एकेको पराजयले राजनीतिक विश्लेषकहरू आश्चर्यमा परेको बताइएको छ ।
एर्दोगान आफैंले इस्तानबुलमा प्रचार गरेपनि धर्मनिरपेक्ष विपक्षी पार्टी सीएचपीका एक्रेम इमामोग्लुले चुनाव जितेका हुन् ।
Leave a Reply