Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • रानाथारुले खखडेहरा मनाउँदै, आज सार्वजनिक बिदा

    रानाथारुले खखडेहरा मनाउँदै, आज सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 609
    SHARES

    कैलाली । सुदूरपश्चिमका रानाथारु समुदायले आज खखडेहरा पर्व मनाउँदै छन् ।

    रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरी (होली पर्व) को अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ ।



    एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले यो पर्व मनाउने गर्दछन् ।



    आफ्नो समुदायका नागरिकहरूको दीर्घायु, रोगब्याधी नलागोस् भनेर यस पर्वमा गाउँबाहिर गएर परम्परागत शैलीमा पूजा गर्ने प्रचलन समेत रहेको छ ।

    यसै पर्वको अवसरमा सुदूरपश्चिम सरकारले आज प्रदेशभर सार्वजनिक बिदा समेत दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार