Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आह्वान – फोहोरमैला संकटसँग जुध्न विश्वव्यापी कदम चालौं

    राष्ट्रसङ्घका महासचिव गुटेर्रेसको आह्वान – फोहोरमैला संकटसँग जुध्न विश्वव्यापी कदम चालौं

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 510
    SHARES

    फाइल फोटो

    एजेन्सी । फोहोरमैलाको समस्या समाधानका लागि विश्वव्यापी प्रयास गर्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आह्वान गरेका छन् ।

    हरेक वर्ष मार्च ३० मा मनाइने अन्तर्राष्ट्रिय ‘शून्य फोहोर दिवस’का लागि एक भिडियो सन्देश जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रमुख गुटेर्रेसले पृथ्वीको खतरनाक अवस्थाबारे आफ्नो राय व्यक्त गरेका हुन् ।



    “मानव जातिको अत्यधिक उपभोग र फोहोर उत्पादनका कारण वातावरणीय क्षयको डरलाग्दो चित्र कोर्दै पृथ्वी फोहोरको बाढीमा डुबेको छ,” गुटेर्रेसले भने ।



    हरेक वर्ष ‘दुई अर्ब टनभन्दा बढी ठोस फोहोर’ नगरीय क्षेत्रबाट उत्पादन हुँदा यसको परिणाम पृथ्वीको जलवायु, पारिस्थितिक प्रणाली र मानव स्वास्थ्यको लागि विनाशकारी छ ।

    उहाँले अति उपभोगलाई सम्बोधन गर्ने तात्कालिकतामा जोड दिँदै भने, “अत्यधिक उपभोगले हामीलाई विनाशतर्फ लगिरहेको छ । मानव गतिविधिमा हस्तक्षेपको खाँचो छ ।”

    महासचिव गुटेर्रेसले शून्य फोहोरसम्बन्धी सल्लाहकार समितिको प्रयासको प्रशंसा गर्दै शून्य फोहोर प्राप्त गर्ने मिसनमा विभिन्न सरोकारवालाहरूलाई एकताबद्ध गर्न भूमिका खेलेकोमा समितिको प्रशंसा गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार