Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानमन्त्रीको निर्देशन – राजस्व चुहावट रोक्न नक्कली बिल र स्टिकरको अनुगमन गर्नू

    प्रधानमन्त्रीको निर्देशन – राजस्व चुहावट रोक्न नक्कली बिल र स्टिकरको अनुगमन गर्नू

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 387
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल र स्टिकरको अनुगमन गर्न निर्देशन दिएका छन्।

    सिंहदरबारमा आयोजित राजस्व वृद्वि तथा चुहावट नियन्त्रण सम्बन्धी बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले अर्थ मन्त्रालयका अधिकारीहरूलाई यस्तो निर्देशन दिएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘राजस्व चुहावट र अवैध व्यापारिक कारोबारमा हुने सेटिङ भत्काउने कार्यलाई प्राथमिकता दिनुहोस् । झूठो तथा नक्कली बिल बिजक र स्टिकरको प्रयोग भइरहेको सूचना आएको छ । त्यसको गम्भीर अनुगमन गर्नुस् र एक्सन लिनुस् ।’



    उनले नयाँ गतिका साथ काम गर्ने अठोट लिएर सरकार पुनर्गठन गरिएको बताउँदै सोहीअनुरूप क्रियाशील हुन निर्देशन दिए ।

    आन्तरिक बजारलाई व्यवस्थित तुल्याउँदै बिल लिनेदिने प्रणाली प्रभावकारी बनाउनसमेत प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार