Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकीकृत समाजवादीले बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले यथास्थितिमा बागमती प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने बताएको छ।

प्रदेश संसदीय दलको बैठकले मन्त्रालय भागबन्डा लगायतका विषयमा असन्तुष्टि व्यक्त गर्दै यथास्थितिमै प्रदेश सरकारलाई विश्वासको मत दिन नसकिने निर्णय गरेको हो ।

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।

बागमतीमा माओवादी केन्द्र संसदीय दल नेता जम्कट्टेल मुख्यमन्त्री छन्। बागमतीमा एकीकृत समाजवादीका ७ जना सांसद छन्।

नेपाली कांग्रेस संसदीय दल बैठकले पनि मुख्यमन्त्री जम्कट्टेलले राख्ने विश्वास मतको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदहरूलाई निर्देशन दिने आइतबार निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077