काठमाडौं । नागढुङ्गाबाट स्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका-११ बस्ने २३ वर्षीय रिसब श्रेष्ठ र तिलोत्तमा नगरपालिका-११ बस्ने ३७ वर्षीय देवेन्द्र न्यौपाने छन् ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले लु २ ख ४५३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसका सहचालक श्रेष्ठलाई उक्त नगदगहित पक्राउ गरेको हो ।
उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply