Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • गृहमन्त्री लामिछाने र मेयर हर्क साम्पाङबीच भेटवार्ता

    गृहमन्त्री लामिछाने र मेयर हर्क साम्पाङबीच भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 741
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

    गृहमन्त्री लामिछाने र मेयर साम्पाङबीच सिंहदरबारस्थित गृह मन्त्रालयमा भेटवार्ता भएको हो ।



    भेटमा मेयर साम्पाङले कर्मचारीले प्रक्रिया खोज्दा र जनप्रतिनिधिले परिणाम खोज्दा काम गर्न कठिन भएको बताएका थिए ।



    मेयर साम्पाङले धरान उपमहानगरपालिकामा सुरक्षा व्यवस्थाका लागि स्रोत र साधानको माग गरे ।

    गृहमन्त्री लामिछानेले मेयरले राखेका माग सम्बोधन गर्ने प्रक्रिया थाल्न पनि गृह मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका थिए।

    साम्पाङले प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न गृहमन्त्रीलाई सुझाव दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार