Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • कांग्रेस सांसदहरुले भने – गृहमन्त्री लामिछानेबारे प्रधानमन्त्री र प्रहरी प्रमुखको जवाफले संशय पैदा भयो

    कांग्रेस सांसदहरुले भने – गृहमन्त्री लामिछानेबारे प्रधानमन्त्री र प्रहरी प्रमुखको जवाफले संशय पैदा भयो

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 558
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाका सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सम्बन्धमा प्रहरी प्रमुखले दिएको जवाफले संशय पैदा गरेको बताएको छ ।

    आइतबार प्रतिनिधि सभाको बैठकमा समय लिएर पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद संजयकुमार गौतमले यस्तो बताएका हुन् ।



    सांसद गौतमले सहकारी ठगीको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने माग गरे ।



    गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सहकारी ठगीको विषयमा दिएका अभिव्यक्तिले संशय पैदा गरेको बताए।

    सांसद गौतमले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि कानुनी र नैतिक प्रश्न उठेको बताए । प्रधानमन्त्रीले ठूला भ्रष्टाचार र अनियमिततामा संलग्नहरूलाई जोगाएर सुशासनको कुरा गरिरहेको पनि उनको भनाइ थियो ।

    प्रधानमन्त्री र प्रहरी प्रमुखले सहकारी ठगीमा गृहमन्त्री लामिछानेलाई क्लिन चिट दिन खोजेको भन्दै उनले असन्तुष्टि जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार