Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • रविमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग यथावत

    रविमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको माग यथावत

    अनलाइन नेपाल
  • आइतबार, १८ चैत्र २०८०
  • 507
    SHARES

    काठमाडौं । नेपाली कांग्रसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेको छ।

    प्रतिनिधिसभाको बैठकमा समय लिएर पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद संजयकुमार गौतमले यस्तो बताएका हुन् ।



    सांसद गौतमले गृहमन्त्री लामिछानेमाथि नैतिक र कानुनी प्रश्न उठिसकेकाले उनीमाथि छानबिन हुनुपर्नेमा जोड दिए।



    सांसद गौतमले भने,’हामीले उठाएको यो मुद्दामा सम्पूर्ण संसदको ध्यानाकर्षण गराउन चाहन्छु। सरकार यो प्रति गम्भीर बनोस्। संसदीय छानबिन समिति बनाइयोस्। यो कुरालाई चाँडोभन्दा चाँडो निष्कर्षमा पुगोस्। होइन भने यो मु्द्दा बारम्बार उठाइरहनेछौं। हामी चाहदैनौं कि संसद अवरुद्ध गरौं। बाध्य भयौं भने पनि त्यो ठाउँमा पुग्नसक्छौं।’

    उनले सरकारले यस विषयलाई गम्भीररुपले लिनुपर्ने बताए। गृहमन्त्री लामिछानेमाथि सहकारी ठगीको आरोप छ।

    सहकारी ठगी प्रकरणमा लामिछानेमाथि अनुसन्धान गर्न संसदीय समिति माग गर्दै कांग्रेसले संसदमा अवरोध जनाउँदै आएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार