Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • लेक लागेर तीर्थयात्रीको मृत्यु

    लेक लागेर तीर्थयात्रीको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    म्याग्दी । मुस्ताङमा लेक लागेर एक जना तीर्थयात्रीको मृत्यु भएको छ ।

    मुक्तिनाथ मन्दिर दर्शन गर्न जान हिँडेकी भारत गुजरातकी ६५ वर्षीया जानी तरुना विनको लेक लागेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।



    प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार सात जनाको टोलीमा मुक्तिनाथ जान हिँडेकी विनलाई थासाङ गाउँपालिका–१ टुकुचे पुग्दा अक्सिजनको कमी भएपछि जोमसोम अस्पताल लगिएको थियो ।



    जोमसोम अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए ।

    चालु आर्थिक वर्ष २०८०/८१ मा दुई जना नेपाली र छ विदेशीको मुस्ताङमा लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो तीन वर्षमा लेक लागेर २६ जनाले ज्यान गुमाएका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार