Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • अब नवलपरासी प्रहरी कार्यालयमा भोजपुरी भाषाको नागरिक वडापत्र !

    अब नवलपरासी प्रहरी कार्यालयमा भोजपुरी भाषाको नागरिक वडापत्र !

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 741
    SHARES

    परासी । जिल्ला प्रहरी कार्यालय नवलपरासीले भोजपुरी भाषाको नागरिक वडापत्रसँगै नागरिक सहजकर्ता तोकेर नागरिकलाई सेवा दिन थालेको छ ।

    सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रहरीले भोजपुरी भाषाको वडापत्र राखेको हो । जिल्लाका अधिकांश नागरिकले स्थानीय भाषाको रुपमा भोजपुरी बोल्दै आएका छन् ।



    यसअघि रहेको नेपाली भाषाको नागरिक बडापत्रबाट नागरिकहरूले सेवासम्बन्धी जानकारी लिन समस्या भएको महसुस गरी भोजपुरी भाषाको वडापत्र राखिएको नवलपरासी प्रहरीले जनाएको छ ।



    बडापत्रमा विभिन्न ३२ वटा सेवा प्रवाहसम्बन्धी जानकारी दिइएको छ ।

    भाषाका कारण सेवा प्रवाहमा समस्या नहोस् भनेर वडापत्रसँगै नेपाली र भोजपुरी भाषा बुझ्ने (दोभाषे) दुई जना प्रहरी जवानलाई ‘नागरिक सहजकर्ता’ तोकेर सेवा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार