Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँ : गृहमन्त्री लामिछाने

    काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँ : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 723
    SHARES

    इलाम । उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरु काम गर्नका लागि सरकारमा सहभागी भएको भन्दै काम गर्न नसकेका दिन सरकारबाट आफै बाहिरिने बताएका छन् ।

    आज इलाम चोकबजारमा इलाम–२ उपनिर्वाचनका लागि पार्टीका उम्मेदवार घोषणासभालाई उनले भने, “रास्वपा सरकारमा नगएको भए हुन्थ्यो भन्ने कुरा पनि आम नागरिकमा छ, तर हामी काम गरेर देखाउनका लागि सरकारमा सहभागी भएका हौँ, केही सङ्केत देखाइसकेका छौँ ।”



    उहाँले रास्वपा सरकारमा सहभागी भइसेकपछि सुशासन र सेवा प्रवाहमा जनताले अपेक्षा गरेअनुरुप सुधार सुरु भइसकेको दाबी गरे । उनले विभिन्न समयमा भएका सबै भ्रष्टाचारका फाइलहरु क्रमशः खोलिँदै लैजाने बताउँदै भ्रष्टाचारीहरू कसैलाई पनि उम्कन नदिने बताए ।



    “हामी सरकारमा आएको धेरै भएको छैन, तर हाम्रो सुरुआती कामबाटै केही न केही सङ्केत त पाइसक्नुभएको छ”, लामिछानेले भने, “अब क्रमशः सबै भ्रष्टाचारका फाइल खोल्छौँ, त्यसपछि हाम्रो काम देख्नुहुन्छ, तर अलिकति समय पर्खनुहोस् ।”

    उहाँले आफ्नो पार्टीले सरकारमा रहँदा र प्रतिपक्षमा रहँदा समेत संसद्बाट जनताकै पक्षमा निरन्तर काम गरिरहेको उल्लेख गर्दै इलामबाट एक जना सांसद थपेर पठाइदिन जिल्लावासीलाई आग्रह गरे ।

    कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सो पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्यद्वय डा स्वर्णिम वाग्ले, डा तोसिमा कार्की, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, रमेश प्रसाईँले सम्बोधन गरेका थिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार