Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • सुवास नेम्वाङको विरासत बोक्न मैदानमा उत्रिएका छौँ : गृहमन्त्री लामिछाने

    सुवास नेम्वाङको विरासत बोक्न मैदानमा उत्रिएका छौँ : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 588
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले स्वर्गीय नेता सुवास नेम्वाङको विरासत बोक्न इलामको माटोमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको बताएका छन्।

    इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि उम्मेदवार सार्वजनिक कार्यक्रममा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् । उनले मिलन लिम्बुलाई आफ्नो दलले उम्मेदवार बनाएको बताउँदै इलामले घण्टी बजाएरै छोड्ने दाबी गरे।



    उनले सुवास नेम्वाङलाई श्रद्धाञ्जली व्यक्त गर्दै उनको सम्मानका लागि इलाममा उम्मेदवारी उठाएको भन्दै नेम्वाङको विरासत रास्वपाले धान्ने उल्लेख गरे ।



    गृहमन्त्री लामिछानेले भने,‘राजनीतिमा त राजनीति नै चल्छ, परिवारमा दसैं तिहारमा टिका लगाउने काम त भइनै हाल्छ, राजनीतिमा राजनीति नै हुनुपर्छ, यो हामीलाई सुवास नेम्वाङले सिकाउनुभएको कुरा हो । सम्मानपूर्वक प्रतिस्पर्धा गर्ने आँट र अठोटका साथ हामी मैदानमा आएका छौँ।’

    गृहमन्त्री लामिछानेले विपक्षीको आलोचना गरेर आफ्नो उचाई बढ्छ भन्नेमा आफूलाई विश्वास नभएको बताए । उनले सडकको समस्या रहेको, किसानले आफ्ना कृषि उपज फाल्नुपर्ने अवस्था रहेको बताउँदै त्यसलाई हटाउन आवश्यक रहेकोले नेतृत्व परिवर्तन आवश्यक रहेको उल्लेख गरे ।

    लामिछानेले एक अर्कासँग लड्ने नभई इलाममा जनता जित्नका लागि लड्न आएको दावी गरे । अहिलेसम्म नेताले चुनाव जितेपनि इलामले चुनाव नजितेको बताउँदै अब इलामलाई जिताउन आग्रह गरे ।

    चुनावका बेला बाटोको चर्चा चल्ने, किसानका चर्चा हुने तर चुनाव जितेपछि त्यसलाई बिर्सने अवस्था रहेकोले त्यसलाई निरन्तरता दिने कि परिवर्तन गर्ने सोच्ने बेला आएको उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार