Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • आयरल्याण्ड वुल्भ्सले दियो नेपाललाई २२५ रनको विशाल लक्ष्य

    आयरल्याण्ड वुल्भ्सले दियो नेपाललाई २२५ रनको विशाल लक्ष्य

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 564
    SHARES

    काठमाडौं । आयरल्याण्ड वुल्भ्स विरूद्ध जितका लागि नेपालले २२५ रनको लक्ष्य पाएको छ।

    टी-२० सिरिजको दोस्रो खेलमा टस जितेर नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको आयरल्याण्ड वुल्भ्सले ६ विकेट गुमाएर २२४ रन बनाएको हो।



    आयरल्याण्डका लागि पिटर मुरले ६५ रनको शानदार इनिङ्स खेले । उनले मात्र २६ बलमा ३ चौका र ७ छक्का हिर्काए ।



    कप्तान निल रकले ३४ बलमा ७१ रनको विस्फोटक पारी खेले । उनले एक चौका र ७ छक्का प्रहार गरे ।

    त्यस्तै, जेम्स म्याकोलमले २६ रन, फियोन ह्यान्डले १९ रन तथा रस अदिरले १७ रनको योगदान दिए । नेपालका लागि सागर ढकालले ३ विकेट लिए । उनले ४ ओभरमा मात्र ३३ रन खर्चिए ।

    त्यस्तै कमल ऐरी र पवन शर्राफले एक–एक विकेट लिए । यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल आयरल्याण्डसँग २१ रनले पराजित भएको थियो ।

    लोकश बमको शतकीय पारिका बाबजुद नेपाल पराजित भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार