Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • आयरल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

    आयरल्याण्डविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 534
    SHARES

    काठमाडौं । नेपाल ‘ए’ले दोस्रो टी-२० अभ्यास खेलमा आयरल्याण्ड ‘ए’विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

    त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।



    नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । तीव्र गतिका बलर हेमन्त धामी र विकेटकिपर अर्जुन घर्ती आजको खेलमा बेन्चमा छन् ।



    स्पिन अलराउन्डर विपिन खत्री र पवन सरार्फ आज नेपालको प्लेइङ ११ मा छन्। नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो ।

    त्यसैले तीन खेलको सिरिजमा नेपाल १-० ले पछि छ । सिरिज जित्ने सम्भावना कायमै राख्न आजको खेल जित्नुपर्ने हुन्छ ।

    पहिलो खेलमा २२३ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा २०१ रनमा अल आउट भएको थियो ।

    अन्तिम २२ बलमा नेपाल १२ रन बनाउँदा ७ विकेट गुमाएपछि हारेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार