Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • उपनिर्वाचनमा सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्री लामिछानेको निर्देशन

    उपनिर्वाचनमा सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्री लामिछानेको निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 522
    SHARES

    इलाम । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आगामी वैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनको तयारीबारे जानकारी लिएका छन्।

    इलाम रहेका गृहमन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय पुगेर यस्तो निर्देशन दिएका हुन् ।



    गृहमन्त्री लामिछानेले निर्वाचन तयारीबारे जानकारी लिँदै भयरहित वातावरणमा मतदान हुने व्यवस्थाका लागि सुरक्षासहित सबै प्रबन्ध मिलाउन निर्देशन समेत दिए।



    गृहमन्त्री लामिछानेले भने, ‘एक निर्वाचन क्षेत्रमा हुने भएकाले उपनिर्वाचनको तयारी र सुरक्षासहितका प्रबन्धमा स्रोतसाधनको अभाव नहुने भएकाले तयारीदेखि परिणाम घोषणासम्म मिहिन र अनविश्वसनीय योजना बनाउनु होला।’

    नागरिकलाई सेवा दिनु राज्यको कर्तव्य भएको उल्लेख गर्दै उनले नागरिकले कुनै पनि कुरामा गुनासो गर्ने स्थिति आउन नदिन निर्देशन दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार