काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपालिका–९ घर भएका ३५ वर्षीय रूपेशकुमार ठाकुर, सर्लाहीकी बरहथवा नगरपालिका–३ का ३० वर्षीय कृष्णकुमार राई, बाजुराको हिमाली गाउँपालिका–६ का ३५ वर्षीय पर्वराज पाण्डे र ललितपुरको चापागाउँका ४६ वर्षीय जीवन तामाङ छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
रूपेशले क्यानडा, पोल्याण्ड, माल्टा, क्रोएसिया पठाउने भन्दै २२ जनाबाट ८० लाख रुपैयाँ उठाएर ठगी गरेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
६ महिनाको खोजीपश्चात रूपेशलाई स्वयम्भूबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यस्तै कृष्णले क्यानडा र पोल्याण्ड पठाउने भनेर ३० लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।
उनले टप च्वाइस एजुकेशन कन्सलटेन्सीबाट विभिन्न देशमा वर्किङ भिसामा पठाउने भन्दै रकम लिएर ठगी गरेको आरोप छ । पर्वराजले जापान पठाइदिन्छु भनेर ६ लाख ठगी गरेको आरोप छ ।
जीवनले भने न्युजील्याण्ड पठाउने भनेर १ लाख ६० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
Leave a Reply